दमक नगरपालिकाको राजश्व शाखा सार्वजनिक बिदामा पनि खुल्ने

सप्तरङ्गी एफ.एम. दमक/पुश २६/
दमक नगरपालिकाको राजश्व शाखाको नियमित कामकाज यही भोली पुष २७ र पर्सि पुष २८ गते लगातार दुई दिन परेको सार्वजनिक विदामा पनि हुने भएको छ । नगरपालिकाका तर्फबाट आज बिहिबार सार्वजनिक सूचना गर्दै सो जानकारी गराइएको हो । 
सार्वजनिक सूचनामा नगरपालिकाले पुष मसान्त सम्म राजश्व बुझाउने करदाताहरुलाई राजश्वमा १० प्रतिशत छुट दिइएको स्मरण गराउँदै सो निणर्यबाट लाभान्वित हुने नगरबासीहरुको सुविधालाई मध्यनजर गर्दै भोली (शुक्रबार) र पर्सी शनिबार समेत दिनको २ बजे सम्म राजश्व बुझाउन सक्ने सुविधाका लागि शाखा काउण्टर सञ्चालनमा आउने जनाइएको छ । 
जारी सूचना अनुसार नगरपालिका कार्यालयको राजश्व शाखा र वडा कार्यालयका राजश्व शाखाहरुको काम काज सुचारु रहनेछ । 
यसपटक पुष २७ गते शुक्रबार सरकारले पृथ्वी जयन्ती तथा राष्टिय एकता दिवसको अवसरमा देशभर सार्वजनिक बिदा र शनिबार नियमित सार्वजनिक बिदा परेपछि नगरपालिकाले यस्तो सूचना निकालेको हो । घर जग्गाको सम्पत्तीकर, व्यवसाय कर, घर बहालकर लगायतका नगरपालिकाले लगाउँदै आएको कर यहि पुष मसान्तसम्म बुझाउने नगरबासीलाई १० प्रतिशत छुट दिने यसअघि नगरपालिकाले सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया दिनुहोस