दमकमा सहकारी संस्था एकिकरणको आवस्यकता र महत्वको बिषयक एक दिने अभिमुखिकरण सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुश २४/
दमक नगरपालीकाले आज सहकारी संस्था एकिकरणको आवस्यकता र महत्वको बिषयमा नगरभित्र रहेको सहकारीका प्रतिनिधिहरु विच एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । नगरपालीकाको सहकारी शाखाको आयोजनामा भएको कार्यक्रममा केन्द्रिय वचत तथा ऋण सहकारी संघका नि वर्तमान कोषाध्यक्ष केशबप्रसाद पोखरेलले सहजिकरण गर्नु भएको थियो । 
नगरभित्र सेवा प्रवाह गर्दै आएका करिब १ सय भन्दा धेरै सहकारीका प्रतिनिधिहरु सहभागी कार्यक्रममा सहजकर्ता पोखरेलले संस्था आर्थिक रुपमा सम्पन्न, बलियो र आत्मनिर्भर बनाउन, सदस्यलाई प्रवाह गर्ने सेवाको गुणात्म बृद्धि गर्न र संस्थाको स्थायीत्वका लागी पनि एउटै प्रक्रिति र कार्यक्षेत्र रहेका संस्थाहरु विच एकिकरण गर्नु आवस्यक रहेको बताउनु भयो । सहकारी संस्था एकिकरण गर्दा धेरै ठाउँमा भैरहेका खर्चहरु पनि कम हुने, एउटै सन्चालक समितिमा मात्रै खर्च हुने लगायतका फाईदा हुने भएकोले पनि सहकारी संस्थाहरु विच एकिकरण गर्नु पर्ने बताउनु भयो । संस्थाहरु विच एकिकरण गरि एउटै बनाउँदा सञ्चालक लागत खर्च पनि कम हुने भएकोले संस्थाको व्यवसायीक क्षमतामा समेत सुधार आउने उहाँले बताउनु भयो । 
दमक नगरपालीकाको सहकारी विकाश बोर्डका सम्योजक तथा वडा नम्बर ४ का वडा अध्यक्ष पुण्यप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई, झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमप्रसाद कोईराला, झापा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, दमक नगरपालीकाको सहकारी रजिष्टार यज्ञराज निरौला लगायतको उपस्थिति रहेको दमक नगरपालीका सहकारी शाखा प्रमुख ईच्छाराम चौलागाईंले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस