दमक नगरपालीकाद्वारा कृषकसमुहलाई आधुनिक कृषि सामाग्री वितरण

सप्तरङ्गी एफ.एम. दमक/चैत १९/
प्रविधिमैत्री कृषि अभियानका लागि दमक नगरपालीकाले कृषकहरुलाई आधुनिक कृषि सामाग्री वितरण गरेको छ । नगरभित्र रहेका कृषकहरुलाई समुह मार्फत पचास प्रतिशत अनुदानमा बिषादि छर्किने ईलेक्ट्रिक पावर स्प्रेयर र मकै छोडाउने मेसिन बितरण गरेको हो । 
नगरपालीकामा आज आयोजित कार्यक्रममा नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराईले ति समाग्रिहरु कृषक समुहलाई हस्तान्तरण गर्नु भएको थियो । कृषक समुहलाई उक्त सामाग्रि वितरण गर्दै नगर प्रमुख थापाले आर्थिक मन्दिका कारण सोचेजति सहयोग गर्न नपाए पनि भए सम्मको सहयोग उपलब्ध गराईएको बताउनु भयो । यस अघि सरकारले दिएको अनुदान बास्तविक किशान सम्म पुग्न नसकेको गुनासो आए पनि अहिले भने बास्तविक किषानहरु छनौट गरेरनै वितरण गरिएको बताउनु भयो । कार्यक्रममा नगर उप प्रमुख भट्टराईले कृषि सामाग्रि सहित माटोको परिक्षण, मल विउ वितरण लगायतका सेवा समेत सञ्चालन गरेको भन्दै यसबाट लाभ लिन सबै कृषकहरुलाई आग्र गर्नु भयो ।
कृषकहरुलाई समुह मार्फत १५ वटा पावर स्प्रेयर र २० वटा मकै छोडाउने मेसिन वितरण गरिएको नगरपालीकाकी कृषि शाखा प्रमुख चन्द्रकला भट्टराईले जानकारी दिनुभयो । २३ हजार ५ सय रुपैयाँ मकै छोडाउने मेसिन र ४ हजार ५ सय रुपैयाँ पावर स्प्रेयर मेशिन पचास प्रतिसत अनुदानमा कृषक समुहलाई वितरढण गरिएको उहाँले बताउनु भयो । 
नगरपालीकाको आर्थिक बिकाश समिति सम्योजक ईन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष हरि न्यौपानेको समेत उपस्थिति रहेको थियो । 

 

प्रतिकृया दिनुहोस