झापा कचनकवल बालुबाडीका युवा मलेसियमा वेपत्ता , खोजी गरिदिन परिवारको आग्रह

सप्तरङ्गी एफ.एम. दमक/असोज ४/
झापाको कचनकवलका एक युवा तिन हप्ता देखी मलेसियमा वेपत्ता भएको भन्दै खोजि गरिदिन आफन्तले आग्रह गरेका छन् । झापाको कचनकवल गाउँपालीका वडा नम्बर ७ बालुबाडी तत्कालीन बालुबाडी गाउँ बिकाश समिति वडा नम्बर ९ का वीरबहादुर थेबेका छोरा सहमान थेबे गत सेप्टेम्बर १ तारिख (भदौ १६ गते) देखि मलेसियामा वेपत्ता भएको भन्दै खोजिमा सघाईदिन आफन्तले अनुरोध गरेका छन् ।
५ बर्ष अघि मलेसिया जानु भएका थेबे सेप्टेम्बर १ मा आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किनु भएको थियो । सामान्यतया एकदुई घण्टा या एक दिन बेखबर हुनु स्वभाविक भए पनि तिन हप्तासम्म सम्पर्कमा नआएपछि भने उहाँको खोजी भएको हो । सहमानका बारेमा मलेसियास्थित नेपाली राजदुताबासमा र त्यहाँको प्रहरीमा पनि जानकारी गराईएको मलेसियामै रहेका झापा बालुबाडीकै दिनेश अधिकारीले जानकारी दिनुभयो । प्रहरीले पनि फेला नपारेको उहाँले बताउनु भयो । 
कम्पनीका साथीहरु र नेपालस्थीत घर परिवारबाट सम्पर्क बिहिन हुँदा घर परिवार आफन्त चिन्तित बनेका छन् । सहमानको खोजी गरिदिन सम्बन्धित निकाय तथा संघसंस्थामा अनुरोधसमेत गरिएको छ । उहाँ फेला परेमा नेपालमा ९८१६०९६३९६ र मलेसियामा ०११६११७३९५२२ मा सम्पर्क गरिदिन समेत परिवारले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस