दमक १ नमुना वस्तीको सडक ड्रेन निर्माण कार्य नसक्दै भत्किन थाल्यो

सप्तरङ्गी एफ.एम. दमक/असार १/
दमक वडा नम्बर १ नमुना वस्तीमा निर्माण भैरहेको सडकको ड्रेन निर्माणमा कम गुणस्तरको काम गरी लापरबाहि भएको उपभोक्ताले गुनासो गरेका छन् । तिन खण्ड गरी ६५० मिटर ड्रेनमा कम गुणस्तरका सामाग्रि प्रयोग गरी निर्माण गरिएकोले निर्माण पुरा नहुँदै ड्रेन भत्कीन थालेको छ । ड्रेनको मुनि भाग बाटै १० ईन्चको बनाउनु पर्नेमा मुनिका भाग ५ ईन्च र जमिन बाहिरको भाग मात्रै १० ईन्च बनाएको उपभोक्ताले आरोप लगाएका छन् । 
ठेकेदारले काममा लापरबाही गर्दा उपभोक्ता समितिले समेत रेखदेख नगरेको उनिहरुले आरोप लगाएका छन् । उपभोक्ता समिति अध्यक्षको घर छेउमा राम्रो काम गरेको भए पनि त्यस देखी बाहेक कम गुणस्तरको काम गरेको स्थानिय बिनोद तोलाङ्गीले बताउनु भयो । ड्रेन निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज खतिवडाले केहि ठाउँमा कम गुणस्तरको काम गरेको भेटिएकोले भत्काउन लगाएर पुनः निर्माण गरिएको बताउनु भयो । दैनिक रेखदेख गरिरहेको भए पनि आफु नभएको दिन कम गुणस्तरको काम गरेको पाईएकोले भत्काएर पुनः गुणस्तरिय बनाउन लगाईएको उहाँले बताउनु भयो ।
दमक नगरपालीकाका ईन्जिनियर कमल दाहालले पनि ठेकेदारका संझौता अनुसारको काम नगरेको भन्ने गुनासो आएकोले अनुगमन गर्दा कमजोर काम भएको ठाउँमा भत्काएर पुनः काम गर्न लगाएको बताउनु भयो । निर्माण भैरहेको ड्रेन कम गुणस्तरको भए पछि निर्माण गरि नसक्दै चर्किन थालेको छ । चर्किएको ठाउँमा पुनः निर्माण नगरे रकम निकासा नगर्ने ईन्जिनियर दाहालले बताउनु भयो । 

 

प्रतिकृया दिनुहोस